birat ribon

आइपिएल : बैङ्ग्लोरको लगातार चौथो जित

Neuro
आइपिएल : बैङ्ग्लोरको लगातार चौथो जित

विराटनगर / चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैङ्ग्लोले लगातार चौथो जित दर्ता गरेको छ । बिहीबार मुम्बईमा राजस्थान रोयल्सलाई १० विकेटले हराउँदै बैङ्ग्लोरले लगातार चौथो जित दर्ता गरेको हो ।

मुम्बईस्थित वाङ्खेडे स्टेडियममा राजस्थानले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको बैङ्ग्लोरले १६.३ ओभर खेल्दा विना कुनै विकेटको क्षतिमा पूरा गरेको थियो ।

cura insider

बैङ्ग्लोरका देवदत्त पाडिक्कलले अजिवित एक सय एक रनको शतकीय इनिङ्स खेले भने कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा एक सय ७७ रन जोडेको थियो ।

राजस्थानका शिवम दुबेले ४६ रन बनाए भने राहुल टेबटियाले ४० तथा रियान प्रयागले २५ रन जोडे । यसैगरी, कप्तान सञ्जु साम्सनले २१ रन जोड्दा क्रिस मोरिसले १० रन बनाए ।

बलिङतर्फ मोहम्मद सिराज र हर्शल पटेलले समान ३ विकेट लिँदा केले जेमिसन, वासिङ्टन सुन्दर र केन रिचार्डसनले १–१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानको राजस्थानले ४ खेलमै जित निकाल्दै ८ अङ्क जोड्यो । राजस्थानसँग भने २ अङ्क छ । उसले चारमध्ये एक खेलमा मात्र जित निकालेको छ । ऊ अङ्क तालिकाको पुछारमा छ ।

jackson ribon