birat ribon

रियललाई उछिन्दै एथ्लेटिको शीर्ष स्थानमा

Neuro
रियललाई उछिन्दै एथ्लेटिको शीर्ष स्थानमा

विराटनगर / एथ्लेटिको मड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा हुएस्कामाथि २–० गोलको जित निकाल्दै एथ्लेटिकोले शीर्ष स्थान कब्जा गरेको हो ।

घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन एन्जल कोरेर्रा र यानिक कार्रास्कोले समान एक–एक गोल गरे । खेलको ३९औँ मिनेटमा कोरेर्राले गोल गर्दै एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider
Image

८०औँ मिनेटमा कार्रास्कोले गोल गर्दै एथ्लेटिकोलाई २–० गोलको जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा फर्किएको एथ्लेटिकोले ३२ खेलमा ७३ अङ्क बनाएको छ । दोस्रो स्थानको रियल मड्रिडसँग ७० अङ्क छ भने तेस्रो स्थानको बार्सिलोनासँग ६८ अङ्क छ ।

हुएस्का भने २७ अङ्कका साथ रेलिगेसन जोनमा छ ।

jackson ribon