birat ribon

बार्सिलोनाको शानदार जित

Neuro
बार्सिलोनाको शानदार जित

विरानगर / स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेमाथि शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै मैदान क्याप नोउमा गेटाफेलाई ५–२ गोलान्तरले हराएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने रोनाल्ड आरौजो र एन्टोइन ग्रिजम्यानले समान एक-एक गोल गरे । एउटा आत्मघाती गोल बार्सिलोनाले उपहारमा पाएको थियो । गेटाफको इनेर युनालले एक गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

cura insider

खेलको आठौँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । १२औँ मिनेटमा घरेलु टोलीका क्लिमेन्ट लेङ्ग्लेटले आत्मघाती गोल गरेपछि गेटाफे बराबरीमा फर्कियो ।

२८औँ मिनेटमा गेटाफेका सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पुनः खेलमा अग्रता बनायो । कप्तान मेस्सीले ३३औँ मिनेटमा दोस्रो गोल गर्दैै पहिलो हाफमा बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाए ।

६९औँ मिनेटमा गेटाफेले पेनाल्टी पाएको थियो, युनालले गोल गर्दै गेटाफेलाई पुनः खेलमा फर्काउने प्रयास गरे । ८७औँ मिनेटमा आरौजोले गोल गरेपछि बार्सिलोनाले अझ फराकिलो अग्रता बनायो ।

र, खेलकाे इन्ज्युरी समयमा ग्रिजम्यानले पेनाल्टीमा गोल गरेपछि बार्सिलोना ५–२ गोलान्तरले विजयी भयो ।

जितसँगै बार्सिलोना पुनः तेस्रो स्थानमा फर्किएको छ । बार्सिलोनाले ३१ खेलमा ६८ अङ्क जोडेको छ । साविक विजेता रियल मड्रिड ७० अङ्कसहित दोस्रो स्थानमा छ भने एथ्लेटिको मड्रिड ७३ अङ्कका साथ शीर्ष स्थानमा छ । दुवैले बार्सिलोनाभन्दा एक खेल बढी खेलेका छन् ।

jackson ribon