birat ribon

भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर, एकै दिन थपिए तीन लाख ३२ हजारभन्दा बढी सङ्क्रमित

Neuro
भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर, एकै दिन थपिए तीन लाख ३२ हजारभन्दा बढी सङ्क्रमित

विराटनगर / छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण फैलावटको अवस्था नियन्त्रणभन्दा बाहिर गएको छ ।

पछिल्लो समय तीव्र रुपमा कोरोना फैलिएको भारतमा २४ घण्टाभित्र ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि विभिन्न स्थानमा कडाई गर्दै लकडाउनको घोषणा पनि गरिएको छ । एकै दिन भारतमा तीन लाख ३२ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए । भारतमा यति धेरैमा कोरोना पुष्टि भएको पहिलो पटक हो ।

cura insider

पछिल्लो २४ घण्टाभित्र तीन लाख ३२ हजार पाँच सय तीन जना नयाँ बिरामी थपिएपछि भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख ५७ हजार तीन सय नौ पुगेको छ । एकै दिन थपिएको सङ्क्रमित सङ्ख्या अन्य मुलुकको भन्दा अत्याधिक हो । सङ्क्रमितमध्ये एक करोड ३६ लाख ४१ हजार छ सय छ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

२४ लाख २८ हजार सात सय ७५ सङ्क्रमितको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टाभित्र भारतमा दुई हजार दुई सय ५६ जना सङ्क्रमितले ज्यान गुमाए । एकै दिन मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या पनि अन्य मुलुकको भन्दा धेरै हो । कोरोनाका कारण प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक भारतमा अहिलेसम्म एक लाख ८६ हजार नौ सय २८ सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ६४ हजार पाँच सय ३९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड २६ लाख ६६ हजार पाँच सय ९० पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५२ लाख ३१ हजार आठ सय ७० जना उपचारपछि निको भएका छन् ।

६८ लाख ५९ हजार पाँच सय ३६ जनाको उपचार जारी रहेकोमा नौ हजार नौ सय ७५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा अमेरिकामा आठ सय ५४ सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म कोरोनाका कारण पाँच लाख ८४ हजार एक सय ८४ अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको ब्राजिलमा एकै दिन ४९ हजार तीन सय ४४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४१ लाख ७२ हजार एक सय ३९ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २६ लाख ७३ हजार सात सय ८५ जना उपचारपछि निको भएका छन् ।

११ लाख १४ हजार पाँच सय ९७ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ को अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा दुई हजार ७० जना सङ्क्रमितको ज्यान गयो । हालसम्म ब्राजिलमा कोरोना सङ्क्रमितमध्ये तीन लाख ८३ हजार सात सय ५७ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन विश्वमा आठ लाख ६६ हजार छ सय ३१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १४ करोड ५२ लाख ९९ हजार १९ पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये १२ करोड ३५ लाख ६५ हजार एक सय ६२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

एक करोड ८६ लाख ४९ हजार नौ सय ३४ जना सङ्क्रमित उपचाररत रहेकोमा एक लाख १० हजार एक सय २५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्र १२ हजार आठ सय ४४ सङ्क्रमितको मृत्यु भइसकेको छ । विश्वमा अहिलेसम्म ३० लाख ८३ हजार नौ सय २३ जना कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

jackson ribon