birat ribon

अस्ट्रेलियाले भारतबाट हुने उडानहरू कम गर्ने

Neuro
अस्ट्रेलियाले भारतबाट हुने उडानहरू कम गर्ने

विराटनगर / अस्ट्रेलियाले भारतमा कोरोना भाइरस सङ्क्रमणका घटनाहरूको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो ।

भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अस्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो ।

cura insider
jackson ribon