birat ribon

आइपिएल : राजस्थानद्वारा बैङ्ग्लोरलाई एक सय ७८ को लक्ष्य

Neuro
आइपिएल : राजस्थानद्वारा बैङ्ग्लोरलाई एक सय ७८ को लक्ष्य

विराटनगर / चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैङ्ग्लोलाई जितका लागि एक सय ७८ रनको लक्ष्य दिएको छ ।

बिहीबार मुम्बईस्थित वाङ्खेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा एक सय ७७ रन जोड्यो । राजस्थानका शिवम दुबेले ४६ रन बनाए भने राहुल टेबटियाले ४० तथा रियान प्रयागले २५ रन जोडे ।

cura insider

यसैगरी, कप्तान सञ्जु साम्सनले २१ रन जोड्दा क्रिस मोरिसले १० रन बनाए ।

बलिङतर्फ मोहम्मद सिराज र हर्शल पटेलले समान ३ विकेट लिँदा केले जेमिसन, वासिङ्टन सुन्दर र केन रिचार्डसनले १–१ विकेट लिए ।

jackson ribon