birat ribon

विश्व रेकर्ड बनाउनबाट चुके करण

Neuro
विश्व रेकर्ड बनाउनबाट चुके करण

विराटनगर / काठमाडौँमा जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाली बलर करण केसी विश्व रेकर्ड बनाउनबाट चुकेका छन् । बिहीबार भएको मलेसियाविरुद्धको खेलमा उनले उत्कृष्ट ब्याटिङ गरे ।

आठौँ नम्बरमा ब्याटिङका लागि मैदानमा प्रवेश गरेका केसीले १३ बलमा ४५ रन बनाए । यस क्रममा उनले सात छक्का प्रहार गरे । केसीले ११ बलमा ४४ रन बनाएका थिए ।

cura insider

उनले १२औँ बलमा छक्का प्रहार गर्न सकेको भए सबैभन्दा छिटो अर्धशतकको विश्व रेकर्ड बराबरी गर्नेथिए । तर केसीले १२औँ बलमा एक रन मात्र बनाउन सके र विश्व कीर्तिमान बनाउनबाट बञ्चित भए ।

हाल १२ बलमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय क्रिकेट खेलाडी युवराज सिंहको नाममा छ ।

jackson ribon