birat ribon

मोदीले रद्द गरे आफ्नो चुनावी प्रचार कार्यक्रम

Neuro
मोदीले रद्द गरे आफ्नो चुनावी प्रचार कार्यक्रम

विराटनगर / भारतीय जनता पार्टीको चुनावी प्रचार कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् । प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै कोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको चुनावी प्रचार कार्यक्रम रद्द गरेको जानकारी गराए ।

शुक्रबार मोदी चुनावी प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम तय गरिएको थियो । अब, भोलि कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने मोदीले बताए ।

cura insider

भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित थपिएका छन् भने दुई हजार एक सयभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।

jackson ribon