birat ribon

मास्क लगाउँदा अनुहारमा हुने समस्यालाई रोक्ने केही उपाय

Neuro
मास्क लगाउँदा अनुहारमा हुने समस्यालाई रोक्ने केही उपाय

विराटनगर / हालको समयमा कोरोना भाइरसबाट बच्नका लागि मास्क लगाउनु धेरै आवश्यक छ । छोटो समयको लागि मास्क लगाउनाले पनि छालालाई बढी संवेदनशील बनाउन सक्छ ।

गर्मीका कारण पसिना आउने हुँदा मास्कमुनि घर्षण हुन्छ, जसले गाला, नाक र ओठमा समस्या निम्त्याउँन सक्छ । अनुहारको छाला सुक्खा हुनु र ओठ फुट्नु मास्क लगाउनुको पहिलो समास्या हो । पहिलेबाट अनुहारका समस्या भएकाहरूलाई थप गाह्रो हुन सक्छ ।

cura insider

घण्टौँ मास्क लगाउँदा अनुहारमा रातो दाग आउने, सुन्निने, चिलाउने, र्‍यासेस र डन्डीफोर जस्ता समस्याहरू हुने विराटनगरस्थित भेनस स्किन एण्ड हेयर ट्रान्सप्लाण्ट क्लिनिकका छाला तथा कपाल विशेषज्ञ डा. तपन प्रधान बताउँछन् । यी समस्याबाट बच्नको लागि आफ्नो छालामा विशेष ध्यान दिन जरुरी हुन्छ ।

मास्कको प्रयोग गर्दा अनुहारमा हुने समस्यालाई रोक्ने केही उपायः

–अनुहारलाई दैनिक रूपले सफा गर्ने, अनुहार धुँदा हल्का, सुगन्धरहित क्लिन्जरको प्रयोग गर्नुपर्छ । मास्क झिक्नेबित्तिकै पनि मुख धुनु पर्छ ।
– छालामा सुरक्षात्मक तह बनाउन र सुक्खापनालाई हटाउन मुख धोएपछि मोइस्चराइजर लगाउनुपर्छ । साथै, मास्क लगाउनुअघि र पछि मोइस्चराइजर लगाउनुपर्छ । छालाको अनुसार सुट हुने माइस्चराइजर एक्ने ब्रेकआउट्स रोक्न र पहिलाबाट नै एक्ने भएकाहरूलाई उचित हुन्छ ।
– मास्क लगाउँदा पेट्रोलियम जेली वा लिपवाम प्रयोग गरेर ओठलाई फुट्नबाट बचाउन सकिन्छ ।
– मास्कको प्रयोग गर्दा मेकअपको प्रयोग गर्नु हुँदैन । मेकअप गर्नु आवश्यक रहेको खण्डमा छालाको रौँ छिद्रहरूलाई बल्क नगर्ने वा तेलमुक्त लेबल रहेका उत्पादनहरूको प्रयोग गर्नुपर्छ ।
– मास्क लगाउने बेलामा छालामा नयाँ उत्पादनहरूको प्रयोग गर्नु हुँदैन । अनुहारमा सुट नहुने नयाँ उत्पादनहरूको प्रयोगले छालामा एलर्जि निम्त्याउँन सक्छ ।
– केमिकल पिलिङ, एक्फोलियन्ट जस्ता उपचार तथा रेटिनोइड जस्ता कडा खाल्को उत्पादनको प्रयोग गर्नु हुँदैन ।
– अनुहारमा फिट हुने उचित मास्कको प्रयोग गर्नुपर्छ । कपडाको मास्क प्रयोग गर्नेहरूले दिनहुँ मास्क धुनुपर्छ । मास्क धुँदा जमेका अनुहारको तेल, छाला कोष, फोहोर र पसिनाको गन्ध पनि जान्छ ।
– मास्क लगाएपछि छाला अत्याधिक सुख्खा हुने, पिमपल्स आएमा वा अन्य छालाको समस्या देखिएमा छाला रोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ ।

jackson ribon