birat ribon

कवि तुलसी दिवस, मञ्जुलसहित पाँच सर्जक सम्मानित

Neuro
कवि तुलसी दिवस, मञ्जुलसहित पाँच सर्जक सम्मानित

विराटनगर / ६ दशकदेखि नेपाली साहित्य र लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ कवि तुलसी दिवसलाई बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले बिहीबार सम्मान तथा पुरस्कृत गरेको छ ।

गुठीले कवि दिवसलाई नगद ५१ हजारसहित ‘देवकुमारी थापास्मृति पुरस्कार’ अर्पण गरेको हो । गत वर्षको ‘देवकुमारी थापा स्मृति पुरस्कार’ दिने निर्णय भएका कवि मेघराज मञ्जुललाई पनि बिहीबार नै सो सम्मान अर्पण गरिएको थियो ।

cura insider

गुठीका अध्यक्ष कविराज न्यौपानेका अनुसार कोरोनाका कारण थाति रहेको गत वर्षको पुरस्कार पनि यस वर्ष अर्पण गरिएको हो ।

सोही अवसरमा ‘बहरसिंह थापास्मृति पुरस्कार’सहित कलाकार विक्रमश्री र साहित्यकार शरण राई सम्मानित गरिए । बहरसिंहस्मृति पुरस्कारमा जनही २५ हजार नगद र ताम्रपत्र रहेको छ ।

समारोहमा देवकुमारी थापाको बालसाहित्य विषयमा विद्यावारिधि गर्ने दार्जिलिङका प्राध्यापक दिपेन घिसिङलाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो ।

पुरस्कृत सबैलाई संस्कृत विश्वविद्यालयका पूर्व–शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराई, गुठीका अध्यक्ष कविराज न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मान प्रकट गरेका थिए । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार प्रमोद प्रधान, कवि भरत गुरागाईलगायतले पुरस्कार र पुरस्कृत सर्जकहरूका बारेमा बोलेका थिए ।

jackson ribon