birat ribon

डेब्यू खेलमै चम्किए कमल

Neuro
डेब्यू खेलमै चम्किए कमल

विराटनगर / मध्यम गतिका बलर कमलसिंह ऐरीले अन्तर्राष्ट्रिय टी–२० को आफ्नो डेब्यू खेलमै तीन विकेट लिएका छन् । बिहीबार भएको लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध उनले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन् ।

आफ्नो डेब्यू खेलमै उनी चम्किए । उनले तीन ओभर एक बलमा १६ रन खर्चेर तीन विकेट लिए । ९औँ ओभरमा पहिलो पटक बलिङको जिम्मा पाएका कमलले एकै ओभरमा दुई विकेट लिएका थिए ।

cura insider

ओभरको दोस्रो बलमा शर्भिन मुनिएन्डीको विकेट लिएका उनले अन्तिम बलमा मलेसियाका लयमा रहेका ब्याट्सम्यान वीरन्दीप सिंहको विकेट लिए । मुनिएन्डी कमलको एलबीडब्ल्युको धरापमा परे । उनले मात्र तीन रन बनाए । वीरन्दीपले भने १३ रन बनाएका थिए ।

२०औँ ओभरको अन्तिम बलमा उनले मोहम्मद वाफिकलाई कुशल मल्लको हातमा समात्न लगाएर तेस्रो विकेट पूरा गरे । मलेसियाविरुद्धको खेलमा सहाब आलमको स्थानमा कमलले टोलीमा स्थान पाएका थिए ।

jackson ribon