birat ribon

दुई घण्टा आपूर्ति ढिलो हुँदा पेट्रोलपम्पमा लाइन

Neuro
दुई घण्टा आपूर्ति ढिलो हुँदा पेट्रोलपम्पमा लाइन

विराटनगर / नेपाल आयल निगम प्रदेशिक डिपो विराटनगरबाट आपूर्ति दुई घण्टा ढिलो हुँदा बजार क्षेत्रका पेट्रोल पम्पहरूमा दुई दिनयता लाइन देखिएको छ । विराटनगर, दुहवी, इटहरीलगायत स्थानमा दुई दिनयता पम्पहरूमा इन्धन भर्नेको लाइन लागेको हो ।

नेपाल आयल निगम प्रादेशिक डिपो विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार दुई दिनअघि भारतबाट इन्धन बोकेका ट्याङ्कर नेपाल आउँदा र विराटनगर डिपोबाट बिक्रेताहरूमा ढुवानी गर्न करिब दुई घण्टा ढिलो भएको थियो । दुई घण्टा ढिलो हुँदा पम्पहरूमा रहेको स्टक सकिएपछि बजारमा अभाव देखिएको उनले बताए ।

cura insider

‘आपूर्तिमा समस्या छैन, दुई दिनअघिको ढिलोले गर्दा अहिले पनि पम्पहरूमा लाइन लागेको छ,’ उनले भने, ‘इन्धन पर्याप्त आपूर्ति भइरहेको छ ।’

विराटनगर डिपोले दिउँसो १२ बजेदेखि २ बजेभित्र पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर बिक्रेताहरूलाई पठाउँछ । दुई दिनअघि केही ढिलो भएपछि त्यसयता नियमित समयमा नै ढुवानी गरिँदै आएको विष्टले बताए ।

तस्बिर – मिलन बिछोड

jackson ribon