birat ribon

बिहीबार दुई हजार चार सय २८ जनामा कोरोना सङ्क्रमण

Neuro
बिहीबार दुई हजार चार सय २८ जनामा कोरोना सङ्क्रमण

विराटनगर / नेपालमा बिहीबार दुई हजार चार सय २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दस हजार चार सय ४८ परीक्षण गर्दा दुई हजार चार सय २८ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दस हजार एक पिसिआर परीक्षण र चार सय ४७ जनाको एन्टिजेन परीक्षण भएको छ । पिसिआर परीक्षण गराएकामध्ये दुई हजार तीन सय ६५ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ६३ जनामा कोरोना पुष्टि भएको हो ।

cura insider

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार एक सय ५२ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार छ सय ९० रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज दुई सय ५२ सङ्क्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७६ हजार तीन सय ४५ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा ५ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार एक सय १७ पुगेको छ ।

jackson ribon