birat ribon

रोनाल्डो पुनः आलोचित

Neuro
रोनाल्डो पुनः आलोचित

विराटनगर / इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुनः आलोचित बनेका छन् । गए राति पर्माविरुद्धको खेलका क्रममा उनकै कारणले युभेन्टसविरुद्ध गोल भएको भन्दै समर्थकले रोनाल्डोको आलोचना गरेका हुन् । यसअघि पोर्टोसँगको खेल हार्दै च्याम्पियन्स लिगबाट बाहिरिएपछि रोनाल्डो आलोचित भएका थिए ।

गए राति इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले पर्मामाथि ३–१ गोलको जित दर्ता गराएको थियो । बुधबार राति युभेन्टसको मैदानमा घरेलु टोलीले पाहुना टोलीले बनाएको अग्रता उल्टाउँदै कमब्याक जित निकालेको हो ।

cura insider

युभेन्टसलाई जिताउन एलेक्स सान्द्रोले दुई गोल गर्दा माथिस डी लिग्टले एक गोल गरे । पर्माका लागि गास्तोन ब्रगम्यानले एक गोल गरे । उक्त खेलमा फ्रि–किक रोक्नका लागि ‘वाल’ बसेका रोनाल्डो नउफ्रिँदा युभेन्टसविरुद्ध गोल भएको समर्थकको आरोप छ ।

खेलको २५औँ मिनेट पर्माले फ्रि–किकको अवसर पाएको थियो । जसमा, गास्तोन ब्रगम्यानले प्रहार गरेका थिए । तर, ‘वाल’ बनेर बसेका चार खेलाडीमध्ये रोनाल्डो उफ्रिएनन् । जसकारण ब्रगम्यानको प्रहार गोलमा परिणत भएको थियो ।

गोल भएसँगै युभेन्टसका समर्थकले रोनाल्डो आफ्नो जिम्मेवारी बहन गर्न असफल भएको भन्दै आलोचना गरेका हुन् ।

ब्रगम्यानको गोलमा पर्माले सुरुआती अग्रता बनाएको थियो । ४३औँ मिनेटमा सान्द्रोले गोल गर्द युभेन्टसलाई खेलमा फर्काए । ४७औँ मिनेटमा सान्द्रोले दोस्रो गोल गरेपछि युभेन्टसले खेलमा अग्रता बनायो । ६८औँ मिनेटमा डी लिग्टले गोल गरेपछि युभेन्टस ३–१ गोलको जित निकाल्यो ।

जितसँगै तेस्रो स्थानको युभेन्टसले ३२ खेलमा ६५ अङ्क जोडेको छ । पर्मा भने २० अङ्कका साथ रेलिगेसन जोनमा छ ।

jackson ribon