birat ribon

भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्षविरुद्ध पाँच दिनको म्याद थप

Neuro
भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्षविरुद्ध पाँच दिनको म्याद थप

विराटनगर / जिल्ला अदालत सुनसरीले जरवस्तीकरणी आरोपमा पक्राउ परेका भोक्राहा–नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत सुनसरीले इलाका प्रहरी कार्यालय धरानकाे माग बमाेजिम जवरजस्तीकरणी मुद्दामा अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको हो ।

cura insider

अध्यक्ष यादव विरुद्ध जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

अध्यक्ष यादव बुधबार बेलुका सुनसरीको धरानबाट १७ वर्षीया किशोरीसहित आपत्तिजनक अवस्थामा भेटिएका थिए ।

किशोरीले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जबरजस्तीकरणी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरू गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानबहादुर बस्नेतका अनुसार जागिर लगाइदिने बहानामा अध्यक्ष यादवले किशोरीलाई बुधबार धरानको डुकु होटलमा लिएर गएका थिए ।

अध्यक्ष यादवले जागिर लगाइदिन्छु भन्दै आफ्नो इच्छाविपरीत करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी छन् ।

याे पनि :  आपत्तिजनक अवस्था भेटिएका गाउँपालिका अध्यक्षविरुद्ध करणी मुद्दा

jackson ribon