birat ribon

त्रिकोणात्मक सिरिज : नेपालद्वारा मलेसिया पराजित

Neuro
त्रिकोणात्मक सिरिज : नेपालद्वारा मलेसिया पराजित

विराटनगर / नेपाल काठमाडौँमा जारी त्रिकोणात्मक टी–ट्वान्टी प्रतियोगितामा लिग खेलको विजेता हुँदै फाइनलमा पुगेको छ । नेपालले मलेसियालाई लिगको अन्तिम खेलमा ६९ रनले हराएको छ ।

मलेसियाविरुद्धको खेलअघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको अन्तिम खेलमा मलेसियालाई हराएको हो । नेपालले चार खेलबाट छ अङ्क जोडेको छ ।

cura insider

नेदरल्यान्ड्सविरुद्धको एक खेलमा हार बेहोरेपनि पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपालले मलेसियाविरुद्धको दुवै खेल जितेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको दुई १८ रनको लक्ष्य पछ्याउँदै मलेसियाले १९ ओभर एक बलमा मात्र एक सय ४८ रन जोड्न सक्यो ।

मलेसियाका अमिनुद्दिन राम्लीले ४१ रन बनाउँदा कप्तान फियाद अहमदले ३१ रन जाेडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र कमलसिंह ऐरीले समान ३-३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा दुई सय १७ रन बनाएको हो । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो ।

नेपालले यसअघि यही शृङ्खलामा दुई सय छ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध दुई सय ३६ रनको योगफल तयार गरेको थियो ।

Image

मलेसियाविरुद्ध नेपालका करण केसीले ४५ रन बनाए भने आसिफ शेखले ४२ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाउँदा कुशल मल्लले अजिवित १९ रन बनाए । कुशल भुर्तेलले १६ रन जोड्दा विनोद भण्डारी ८ रनमा आउट भए ।

मलेसियाका मोहम्मद वाकिफले ४ विकेट लिए भने सिद आजिज र दीभेन्द्रन मार्गने समान १–१ विकेट झारे ।

jackson ribon