birat ribon

नेपाल–खनाल पक्षीय एमालेले विराटनगरमा खोल्यो कार्यालय

Neuro
नेपाल–खनाल पक्षीय एमालेले विराटनगरमा खोल्यो कार्यालय

विराटनगर / असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ ।

यसअघि चैत २८ गते सो समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा तीन सय सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।

cura insider

सो समूहले दुवै कमिटी गठन गरेको दुई हप्तापछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो । जिल्ला समितिले भने विराटनगरस्थित पाञ्चालीमा रहेकै कार्यालयलाई जिल्ला कार्यालयको रुपमा मानिएको सो समूहका एक नेताले बताएका छन् ।

केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर गतिविधिमा केन्द्रित भएको नेपाल–खनाल पक्षले विराटनगर–२ स्थित तीनपैनीमा महानगर कमिटीको छुटै कार्यालय खोलेर आफू पक्षीय पार्टीको गतिविधिलाई तीव्र बनाएको छ । दुई तले घर भाडामा लिएर महानगर कमिटीले बिहीबारदेखि पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यालयको बिहीबार बिहान एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच छलफल भए पनि वार्ता सकारात्मक रूपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

अर्चायले अहिले पनि आफूहरू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी अध्यक्ष ओलीले नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतालाई एकपछि अर्को कारवाहीको सिलसिला जारी राखेकाले उनी पार्टी एकताको पक्षमा नरहेको प्रष्ट भएको बताए ।

jackson ribon