birat ribon

वाह रे सरकार, वाह रे राम !

Neuro
वाह रे सरकार, वाह रे राम !

चैत्र दशमी तिथिको विशिष्ट अवसरमा कन्टिर–बाबू कोही नेपालीलाई कोरोना नामक दानवले परास्त गर्न नसकोस् भन्ने कामनासहित शुभेच्छा व्यक्त गर्छन् ।

त्यसो त पहिले–पहिले चैते दसैँ खासै मनाइने गरेको कन्टिर–बाबूलाई थाहा छैन । तर पछिल्ला दिनमा यो दसैँ पनि विस्तारित हुन थालेको छ । ठाउँ–ठाउँमा गेरुवस्त्रधारी हनुमान–सेनाहरूले जयश्री राम लेखेको भेस्ट–अबिर लाएर डिजेको तालमा नाच्दै र्‍याली प्रदर्शन गरेको पनि देखियो ।

cura insider

यस्तो देखेर कन्टिर–बाबू रणभुल्लमा पर्छन्, वर्षको दुई–दुई पटक समान प्रकृति भएको चाड मनाउनुलाई आस्था भन्ने कि तामझाम ! खयर यस विषयमा पछि पनि चर्चा गरौँला । अहिले भने कन्टिर–बाबू यसपटकको महानवमी अर्थात् रामनवमीको सन्दर्भ जोड्न खोजिरहेका छन् ।

यसपटक नेपाल सरकारको औपचारिक अगुवाइमा ठोरीको अयोध्यापुरीमा रामले सीता, लक्ष्मण, हनुमानसहित सपरिवार नयाँ बास (डेरा) प्राप्त गरे । कन्टिर–बाबू यो विशिष्ट उपलब्धिका लागि रामचन्द्रजीलाई अनेकानेक बधाई दिन्छन् ।

यो कोरोनाकालमा श्री रामका नाममा अयोध्यापुरीमा ठूलो भीड जम्मा भयो । नेपाल सरकारको नीति पनि रामजी नाममा फेरियो । सरकार एकातिर कोरोना प्रोटोकल जारी गर्दै २५ जनाभन्दा बढी एक ठाउँमा एकत्रित नहुन फरमान सुनाउँछ, अर्काेतिर सरकार आफैँले रामको सपरिवार अबिर–जात्रा गर्न अह्राउँछ । वाह रे सरकार, वाह रे राम !

कन्टिर–बाबू भन्छन्– हे रामजी तपाई साँच्चै भगवान् हो भने नेपालका सरकारी मान्छेलाई सद्बुद्धि दिनुपर्‍यो । सरकारी फरमान राजपत्रमा छापिन बाँकी भए पनि अहिलेको अप्ठेरो बेलामा यस्तो ‘आत्मधाति’ काम नगर भन्नुपर्‍यो । भिडमा अनुवाद भएका रामभक्त ‘हनुमान’हरूलाई कोरोनाको आतङ्कबाट बच, भिड जम्मा नगर भनेर सम्झाउनुपर्‍यो ।

रामजी तपाईलाई त देश–दुनियाँको सबै खबर थाहा छ । नेपालको सरकारलाई आफ्नो सत्ता–स्वार्थबाहेक जनताको स्वास्थ्य र कल्याणसँग कुनै मतलब नभएको जगजाहेरै छ । सरकार त खाली ईश्वरको नाममा धर्मको राजनीति गर्न चाहन्छ । यस्तोमा तपाई भगवान् नै भइरहने हो भने कन्टिर–बाबूको पुकारा तपाईले बुझ्नुपर्‍यो ।

कन्टिर–बाबू चाहन्छन्– धर्म, राजनीति वा अरू कुनै पनि प्रकारका बहानामा भिडमा अनुवाद कसैको पनि विवेक नगुमोस् । कसैको पनि असमयमा राम नाम सत्य नहोस् ! सीयावर रामचन्द्रकी जय ! रामभक्त हुनमानकी जय ! सबैको जय होस् !

jackson ribon