birat ribon

मिर्चैयामा आगलागी हुँदा १५ लाख क्षति, एक घाइते

Neuro
मिर्चैयामा आगलागी हुँदा १५ लाख क्षति, एक घाइते

सिरहा / सिरहाको मिर्चैया नगरपालिका–६ जीवामा आज बिहान विद्युत् चुहिएर आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ भने एक महिला घाइते भएकी छन् ।

आगलागीबाट स्थानीय सन्तु राउतको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा रहेका भाँडाकुँडा, फर्निचर, खाद्यान्नलगायतका सबै सामान जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ ।

cura insider

आगो निभाउने क्रममा राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउत घाइते भएको बताइएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

jackson ribon