birat ribon

घरमा पेस्तोल लुकाउने यादव पक्राउ

Neuro
घरमा पेस्तोल लुकाउने यादव पक्राउ

सिरहा / सिरहाको सखुवानन्कारकट्टीबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादव पक्राउ परेका हुन् ।

cura insider

इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित घरमा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद गरेको जनाएको छ ।

यादवको साथबाट एक थान कटुवा पेस्तोल र सोको एक राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जानकारी दिए । रासस

jackson ribon