birat ribon

मोरङमा भरुवा बन्दुक पड्किँदा सिकारीको मृत्यु

Neuro
मोरङमा भरुवा बन्दुक पड्किँदा सिकारीको मृत्यु

विराटनगर / मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । वन्यजन्तुको सिकार खेल्न साथीहरूसँग जङ्गल गएका राईको आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा छर्राले लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार गजेन्द्र राई र रुविन लिम्बूसँग उनी बुधबार राति सिकार खेल्न केराबारी–३ कै बाघदले जङ्गलमा पुगेका थिए ।

cura insider

जङ्गली जनावरको सिकार खेल्ने क्रममा बन्दुक पड्किएर घटनास्थलमै सिकारीको मृत्यु भए पनि प्रहरीले भने घटनाका बारेमा बिहीबार बिहान मात्रै जानकारी पाएको थियो । गजेन्द्र र रुविन आफैँले इलाका प्रहरी कार्यालय केराबारीमा आएर घटनाका बारेमा प्रहरीलाई भनेका थिए । त्यसपछि मात्रै घटना बाहिरिएको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

jackson ribon