birat ribon

नेपाली कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको छ : प्रचण्ड

Neuro
नेपाली कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको छ : प्रचण्ड

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र प्रतिक्रियावाद घुसेको बताएका छन् ।

लेनिन दिवसको अवसरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताए । कम्युनिस्टहरूको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकालाई साथ लिएर टुक्राउन खोजेको आरोप पनि लगाए । कम्युनिस्ट आन्दोलनलाई बचाइराख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको पनि उनले बताए ।

cura insider

अहिले बाहिर भनिएजस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि उनको भनाइ थियो । तर पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको पनि अध्यक्ष प्रचण्डले सुझाए ।

अहिले पनि छरिएर रहेका कम्युनिस्ट घटकहरूलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताउँदै उनले भने, ‘अरु कम्युनिस्ट आन्दोलनमा लागेका क्रान्तिकारीहरूलाई एकतावद्ध गर्ने, अहिले जवरजस्ती प्रतिक्रियावादी अवसरवादीले विभाजित गरेका कम्युनिस्टहरुलाई पनि एकताबद्ध गर्ने, मोर्चावद्ध गर्ने भूमिका छोड्न हुँदैन ।’

‘अहिले शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको हुँदा विभाजन रोक्न सकिएन तर हामी पराजित भएको होइन,’ उनले भने, ‘हामीले पार्टी एकता गर्दा सबैलाई कमान्ड गरेका थियौँ । गलत प्रवृत्तिको नायकलाई गलत्याएका थियौँ ।’

विदेशी शक्तिको आडमा कानुन मिच्ने, संविधान मिच्नेलगायत सबै मूल्य मान्यता मिच्ने काम भएको उनको दावी छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीको विरुद्ध सबै सङ्घर्ष गर्न आवश्यक रहेको बताए । अझै पनि कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाउन छोड्न नहुने उनले बताए । पार्टीका सबै नेता कार्यकर्तालाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकताबद्ध बनाउन पनि उनले आह्वान गरे ।

jackson ribon