birat ribon

त्रिकोणात्मक सिरिज : नेपालको अहिलेसम्मकै दोस्रो ठूलो स्कोर, मलेसियालाई दुई सय १८ रनको लक्ष्य

Neuro
त्रिकोणात्मक सिरिज : नेपालको अहिलेसम्मकै दोस्रो ठूलो स्कोर, मलेसियालाई दुई सय १८ रनको लक्ष्य

विराटनगर / नेपालले त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । बिहीबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपालले मलेसियालाई जितका लागि दुई सय १८ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा दुई सय १७ रन बनाएको हो ।

cura insider

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा दुई सय छ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध दुई सय ३६ रनको योगफल तयार गरेको थियो ।

मलेसियाविरुद्ध नेपालका करण केसीले ४५ रन बनाए भने आसिफ शेखले ४२ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाउँदा कुशल मल्लले अजिवित १९ रन बनाए । कुशल भुर्तेलले १६ रन जोड्दा विनोद भण्डारी ८ रनमा आउट भए ।

मलेसियाका मोहम्मद वाकिफले ४ विकेट लिँदा सिद आजिज र दीभेन्द्रन मार्गने १–१ विकेट लिए ।

प्रतियोगिताको फाइनलमा यसअघि नै नेपाल र नेदरल्याण्ड्स पुगिसकेका छन् । पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित मलेसिया उपाधि होडबाट बाहिरिसकेको छ ।

jackson ribon