birat ribon

प्रसस्त मात्रामा आइरन पाइने खाद्यपदार्थ

Neuro
प्रसस्त मात्रामा आइरन पाइने खाद्यपदार्थ

विराटनगर / शरीरका राता रक्तकोषको कमी भएमा एनेमिया (रक्तअल्पता) हुन्छ ।

खानामा पर्याप्त पोषणतत्वको कमी भएमा, शरीरबाट बढी रगत बगेमा, उमेर बढ्दा, मिर्गौलाको समस्या, थाइराइड, पेटसम्बन्धी समस्या भएमा, पेटसम्बन्धी कुनै शल्यक्रिया गरेमा, गर्भावस्थामा, ट्युमर, रगत जम्ने समस्यालगायत विभिन्न रोग लागेमा एनेमिया हुने सम्भावना उच्च हुन्छ । एनेमिया भएमा मानिसमा थकान, छाला फिक्का वा पहेँलो हुने, टाउको दुखाइ, मुटुको चाल बढ्ने, सास फेर्न गाह्रो हुने, आँखाको दृष्टि कमजोर हुनेजस्ता लक्षण देखिन सक्छ ।

cura insider

जर्मन सोसाइटी अफ न्युट्रिसनले बच्चाहरूलाई (उमेर आधारमा) ०.५ देखि ८ एमजी, १९ देखि ५० वर्षका महिलाका लागि करिब १५ एमजी, ५० वर्षभन्दा माथिका महिलामा करिब नौ एमजी र पुरुषका लागि आठ–१० एमजी प्रतिदिन लिन सुझाव गर्छ । शिशु, बच्चा, महिनावारीको समयमा तथा गर्भवती महिलालाई आइरनको बढी आवश्यकता हुन्छ र आइरनको कमीले उनीहरू एनिमियाको बढी जोखिममा हुन्छन् ।

एनेमिया हुन नदिनका लागि दैनिक आहारमा आइरन भएको खाना समावेश गर्नुपर्छ । चना, राजमा, दाललगायतका गेडागुडी, ओट्स, हरियो सागपात, टोफु, फर्सीको बिउ, काजु, ड्राइ फ्रुटमा प्रसस्त मात्रामा आइरन हुन्छ । त्यस्तै, रातो मासु, माछा, कलेजो (गर्भावस्थमा सेवन गर्न नहुने)मा पनि प्रसस्त मात्रामा आइरन हुन्छ । अधिक मात्रामा आइरन भएको खानुमात्र शरीरमा आइरनको मात्रा पुर्‍याउने तरिका होइन ।

आइरनको आपूर्ति बढाउनका लागि आइरनको अवशोषणमा सहयोग पुर्‍याउने खानालाई आहारमा समावेश गरी अवशोषणमा अवरोध पुर्‍याउने खानालाई निषेध गर्नुपर्छ । भिटामिन सीले आइरनलाई अवशोषित गर्न मद्दत गरी शरीरमा आइरनको मात्रा बढाउने गर्छ । तर, खानासँग दुध वा क्याफिनयुक्त पेयपदार्थको सेवनले आइरनको अवशोषणमा अवरोध पुर्‍याउने गर्छन् ।

शरीरमा आइरनको मात्रा आहारबाट पूरा गर्न नसकेमा सप्लिमेन्ट लिनुपर्ने हुन्छ । सप्लिमेन्ट लिनेहरूले दिनमा १७ एमजी वा सोभन्दा कम मात्रामा आइरनको सेवन गरेमा यसले खासै हानी गर्दैन । तर, धेरै मात्रामा वा २० एमजीभन्दा धेरै आाइरनको सेवन गरेमा पेट दुख्ने, बिरामी हुने, कब्जियत हुनेजस्ता साइड इफेक्ट देखिने हुन्छ । बच्चाहरूमा आइरनको मात्रा बढी भए अवस्था घातकसमेत हुनसक्छ ।

jackson ribon