birat ribon

विराटनगरमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Neuro
विराटनगरमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

विराटनगर / कोरोना सङ्क्रमणका कारण विराटनगरमा एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका–४ घर भएका पुरुषको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

तीन दिनअघि सङ्क्रमण पुष्टि भएका ४५ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहीबार मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि गत वैशाख ६ गते भर्ना गरिएको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए ।

cura insider

उनका अनुसार पछिल्लो समय ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका पुरुषमा मधुमेह र फोक्सोसम्बन्धी पुरानै समस्या थियो । पुरुषको उपचारका क्रममा बिहान ११ः३० बजेतिर मृत्यु भएको भगतले बताए ।

jackson ribon