birat ribon

सन्दीप बने सय टी–२० खेल खेल्ने पहिलो नेपाली खेलाडी

Neuro
सन्दीप बने सय टी–२० खेल खेल्ने पहिलो नेपाली खेलाडी

विराटनगर / नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–२० का सय खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । बिहीबार त्रिकोणात्मक सिरिजअन्तर्गत मलेसियाविरुद्ध खेल्दै सन्दीपले १००औँ टी–ट्वान्टी खेलको आँकडा पूरा गरेका हुन् ।

उनले टी–२० मा राष्ट्रिय टिमभन्दा धेरै खेल फ्रेन्चाइजी लिगबाट खेलेका छन् । सन्दीपले टी–२० अन्तर्राष्ट्रियका २५ खेल खेलेका छन् भने अन्य विश्वभरिका टी–२० का ७५ खेल खेलेका छन् । सन्दीपले टी–२० अन्तर्राष्ट्रियमा ४२ तथा अन्य टी–२० खेलमा ९१ विकेट लिएका छन् ।

cura insider

सन्दीपले वेस्ट इन्डिजविरुद्ध वर्ल्ड ११ का लागि खेल्दै ३१ मे २०१८ मा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । यसैगरी, उनले त्यसअघि १२ मे २०१८ मा तत्कालीन दिल्ली डेभरडेभिल्सका लागि रोएल च्यालेन्जर्सविरुद्ध खेल्दै टी–२० मा डेब्यू गरेका थिए ।

jackson ribon