birat ribon

ला लिगा : बार्सिलोना र गेटाफे भिड्दै, दबाबमा बार्सिलोना

Neuro
ला लिगा : बार्सिलोना र गेटाफे  भिड्दै, दबाबमा बार्सिलोना

विराटनगर । स्पेनिस फुटबल लिग ला लिगामा उपाधि होडमा रहेको बार्सिलोनाले गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार राति नेपाली समय अनुसार १ः ४५ मा खेल सुरु हुनेछ । घरेलु मैदानमा गेटाफेसँग भिड्दै गरेको बार्सिलोनालाई उपाधि होडमा रहन आजको खेल जित्नै पर्ने दबाव छ ।

बार्सिलोना ला लिगाको चौथो स्थानमा छ । ३० खेल खेलेका बार्सिलोनाले २० जित र ५ बराबरीसहित ६५ अङ्क जोडेको छ । ३१ खेल खेलेको गेटाफे ३१ अङ्कससहित १५ औं स्थानमा छ ।

cura insider

पहिलो स्थानमा रहेको साविक बिजेता रियल मड्रिडले ७० अङ्क जोडेको छ । रियलले ३२ खेलबाट ७० अङ्क जोडेको हो । समान अङ्क भएको एथलेटिको मड्रिड गोल अङ्कको आधारमा दोस्रो स्थानमा छ । ६७ अङ्क जोडेको सेभिल्ला तेस्रो स्थानमा छ ।

आजै दोस्रो स्थानको एथ्लेटिको मड्रिडले हुएस्कासँग खेल्दैछ ।

jackson ribon