birat ribon

संवादको प्रयासलाई कमजोरी नठान्न ओलीको चेतावनी

Neuro
संवादको प्रयासलाई कमजोरी नठान्न ओलीको चेतावनी

काठमाडौँ ÷ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

पार्टीको ७३ औँ स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतविधिलाई मान्यता दिन नसकिने र नेताहरूलाई सम्झाउन–बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिए ।

cura insider

उनले भने, ‘यदि कसैले अब पार्टीलाई फेरि बिथोल्न सकिन्छ बिथोल्ने मनसायले व्यवहार गर्न खोज्छ भने अथवा समूहगत रुपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’

कुनैबेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरूले अहिले अर्को पार्टी ओढेर हिँड्दा पनि आफूले कारवाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताए ।

‘उनीहरूले सडकबाट हामीलाई विभिन्न ढङ्गले कारवाही गरेर निकाल्यौँ, हटायौँ भनेर तमासा गरेका हुन्, नखरा पिटाएका हुन् । हामीलाई आन्दोलनबाट पाखा लगायौँ भनेकै हुन्, उनले भने, ‘तर यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरि खोलेर हिँड्दा पनि अहिलेसम्म हामी कारवाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिराखेका छौँ ।’

पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रष्ट पारे । अनुशासनहीनतासँग आफूले कहिल्यै सम्झौता गर्न नसक्ने पनि ओलीले बताए । अनुशासनहीनता, अराजकता, पार्टीविरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन नसकिने उनले बताए । यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्नसक्ने, जिम्मेवारी लिनसक्ने तर पार्टीभित्र गुट बनाएर भागवण्डा नचल्ने बताए ।

कुनै बेला आफूलाई कारवाही गर्नेहरुबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताए । संसदमा फ्लोर क्रस गरेर कम्युनिस्ट पार्टीलाई सिध्यायौँ भनेर गर्व गर्नेहरूसँग आफूहरू जुधिरहेको पनि बताए ।

प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन टाउकोमै हान्नुपर्छ भनेर आफूलाई पटकपटक साधारण सदस्यबाट निकालेको कुरा पनि अध्यक्ष ओलीले बताए । आफूलाई पार्टीविहीन अवस्थामा पुर्‍याउने उनीहरूको प्रयास असफल भएको पनि उनको भनाइ थियो ।

jackson ribon