birat ribon

चाया पर्ने समस्याका केही कारण

Neuro
चाया पर्ने समस्याका केही कारण

विराटनगर / घेरैजसो मानिसलाई कपालमा चाया पर्ने समस्याले सताउने गर्छ ।

कपालमा चाया पर्नाले मानिसको व्यक्तित्वमा नै नकारात्मक प्रभाव पर्नेहुन्छ । यो टाउकोबाहेक आँखी भौं, आँखाको ढकनी, दाह्री, जुँगामा पनि चाया पर्ने गर्छ । शरीरमा पुरानो छाला मरेर नयाँ छालाको उत्पन्न हुने क्रम निरन्तर भइरहने हुँदा टाउकोको छाला मर्ने र नयाँ उत्पन्न हुने क्रममा टाउकोबाट सेता, मसिना, फुस्रा पाप्रा झर्न थाल्छन् । त्यही फुस्रो सेतो मरेको छालालाई चाया भनिन्छ ।

cura insider

चाया पर्नुको कारण अझैसम्म पनि फेला परेको छैन । तर, पोषक तत्व वा भिटामिनको कमी, असन्तुलित खानपान, भाइरल सङ्क्रमण, उमेर, छालासम्बन्धी समस्या, अरूको काइँयो या सौन्दर्य सामग्री प्रयोग गर्दा, कपालमा प्रयोग गरिने सामग्रीको रसायनसँग हुने एलर्जीको प्रतिक्रिया, कपालको सफाइमा कमी हुँदा, नुहाउँदा साबुन र स्याम्पु राम्ररी नपखालिँदा, तनाब र हर्मोनको परिवर्तनका कारण चाया पर्ने समस्या देखिन सक्छ ।

यसका साथसाथै चाया भएको व्यक्तिको काइँयो, ब्रस, रुमाल, सिरानी प्रयोग गर्नु आदि पनि चाया पर्ने तथा सर्ने कारण हुन सक्छ । चाया पर्दा सेतो खैरो रङको पाप्राजस्तो सानो कण देखिनु, टाउकोमा केही हिँडेको महसुस हुने, कपाल झर्ने, टुक्रिने, चिलाउने, चिलाउँदा वा कपाल कोर्दा चाया झर्नेजस्ता लक्षण देखिने हुन्छ ।

कपालको चाया हटाउन बजारमा विभिन्न प्रकारका एन्टिडेन्ड्रफ स्याम्पु र नुहाइसकेपछि कपालमा लगाउने विभिन्न तेलहरू पाइन्छ । नियमित रुपले नुहाउने र नुहाउँदा स्याम्पु वा साबुन बाँकी नरहने गरी पखाल्ने गर्नुपर्छ । कपाललाई सुक्खा हुन नदिनका लागि नियमित तेल लगाउनु पर्छ । दैनिक भोजनमा जिङ्क, भिटामिन ई र सेलिनियम तत्त्व भएका खानेकुरा, हरियो सागपात तथा फलफूललाई आफ्नो दैनिक आहारमा समावेश गर्नुपर्छ ।

त्यस्तै पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ । कपालमा चाया पर्न नदिनका लागि आफ्नो काइँयो, ब्रस, तौलिया, तकिया, रुमाल, साबुन अरूलाई प्रयोग गर्न नदिने र अरुको आफूले प्रयोग गर्ने गर्नु हुँदैन । त्यस्तै, रसायनिक स्याम्पु, जेललगायतका सामाग्रीको प्रयोग गर्नु हुँदैन ।

jackson ribon