birat ribon

राधेको ट्रेलर सार्वजनिक, सलमानको फरक लुक्स

Neuro
राधेको ट्रेलर सार्वजनिक, सलमानको फरक लुक्स

विराटनगर । बलिउड स्टार सलमान खान अभिनित चलचित्र ‘राधेः योर मस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार ट्रेलर सार्वजनिक भएको हो । २ मिनेट ५१ सेकेन्डको ट्रेलरमा सलमानलाई फरक शैलीमा देखाइएको छ । उनले चलचित्रमा पुलिसको भूमिका निभाएका छन् । चलचित्रमा खानलाई इन्काउन्टर स्पेसलिष्टको रुपमा प्रस्तुत गरिएको छ ।

cura insider

ईदको अवसर पारेर मे १३ मा सिनेमा हलमा र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने घोषणासँगै ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा सलमानसँगै अभिनेतमा रणदीप हुडा र अभिनेत्री दिशा पटानी देखिएका छन् । एक्सनले भरिपूर्ण राधे सलमानको निर्माण र प्रभु देवाको निर्देशनमा तयार भएको हो ।

jackson ribon