birat ribon

एमाले मुख्यालय आजदेखि विधिवत् रूपमा थापाथलीमा

Neuro
एमाले मुख्यालय आजदेखि विधिवत् रूपमा थापाथलीमा

काठमाडौँ / प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को पार्टी मुख्यालयको उद्घाटन गरेपछि आजदेखि औपचारिक रूपमा थापाथालीबाट सञ्चालन भएको छ ।

यसअघि वैशाख १ गते नै कार्यालय धुम्बाराहीस्थित पासाङल्हामुस्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बसेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

cura insider

यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसंँग केहीबेर बसेका थिए ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्षसहित १२ कोठा छन् ।

२०७२ सालको भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो । रासस

jackson ribon