birat ribon

जोनसनको खोप र रगत जम्ने समस्याबीच सम्बन्ध देखियो

Neuro
जोनसनको खोप र रगत जम्ने समस्याबीच सम्बन्ध देखियो

विराटनगर / जोनसन एन्ड जोनसनको कोभिडविरुद्धको खोप र रगत जम्ने समस्याबीच सम्बन्ध देखिएको छ ।

युरोपेली आयोगको औषधि नियामक निकायले खोप र दुर्लभ रुपमा देखिएको रगत जम्ने समस्याबीच सम्भावित सम्बन्ध हुनसक्ने जनाएको हो । योसँगै युरोपियन मेडिसिन्स एजेन्सी (इएमए)ले खोप लिएपछि रगत जम्ने समस्याको चेतावनी खोपको लेवलमा राख्नुपर्ने सुझाव दिएको छ । खोपले समग्रमा पुर्‍याउने फाइदाको तुलनामा यसको साइड इफेक्ट निकै कम रहेको इएमएले जनाएको छ ।

cura insider

इएमएले अमेरिकामा असामान्य रगतमा प्लेटलेटको स्तर कम भएकोसँग सम्बन्धित ब्लड क्लट भएका आठ गम्भीर केसको परीक्षण गरेका थियो । जसमध्ये एकको मृत्यु भएको थियो । ती आठै जना ६० वर्षमुनिका थिए जसमध्ये अधिकांश महिला रहेका छन् । खोप लगाएपछि तीन सातामा उनीहरूमा रगत जम्ने समस्या देखिएको थियो । अध्ययनमा अधिकांशको मस्तिष्क र पेटमा रगत जमेको पाइएको थियो ।

यो समस्यालाई खोपको निकै दुर्लभ साइड इफेक्ट मानिएको छ । खोपको सुरक्षामा थप अनुसन्धान पूरा नभएसम्म विभिन्न देशमा खोपलाई अस्थायी रुपमा लगाउन रोकिएको छ । यसअघि, अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोपको प्रयोगले असामान्य रूपमा रगत जमेको (ब्लड क्लट) समस्या देखिएपछि यसको अध्ययन भइरहेको छ ।

jackson ribon