birat ribon

नेपालमा सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै

Neuro
नेपालमा सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै

विराटनगर / नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले नेपालमा प्रत्येक चार दिनमा सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखिएको बताएका हुन् । त्यस्तै, काठमाडौँ विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठका अनुसार नेपालमा गत साताको तुलनामा एक सय ६२ प्रतिशतले सङ्क्रमण बढेको पाइएको छ ।

cura insider

पहिलाको तुलनामा हालको समयमा २५ देखि ३४ वर्ष उमेर समूहमा बढी सङ्क्रमण भएको देखिएको छ । सङ्क्रमणको दर पुरुषमा ६० प्रतिशत र महिलामा ४० प्रतिशत देखिएको छ । भारतमा दैनिक तीव्र रुपले सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । गत वर्ष भारतमा सङ्क्रमण उच्चबिन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि सङ्क्रमण उच्चबिन्दुमा पुगेको थियो ।

यसपालि पनि त्यस्तै अवस्था आउने देखिएको छ । नेपालमा सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई लाख ८९ हजार सात सत ८७ पुगेको छ । नेपालमा कोरोनाका हाल दस हजार पाँच सय ८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेका छन् भने अहिलेसम्म कोभिडका कारण मृत्यु भएको पुष्टि हुनेको सङ्ख्या तीन हजार एक सय १२ पुगेको छ ।

jackson ribon