birat ribon

‘वाइवाइ जिङ’ खाँदा स्कुटर उपहार

Neuro
‘वाइवाइ जिङ’ खाँदा स्कुटर उपहार

विराटनगर/चौधरी ग्रुपको उत्पादन ‘वाइवाइ जिङ’ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रियुगा नगरपालिका, गाईघाट–११ का विनोदकुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । ‘जिङमा जित उपभोक्ता उपहार योजना’ कार्यक्रमअन्तर्गत १० औँ स्कुटर वितरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

वैशाख ७ गते सिजी फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्यप्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्रान्ड प्रोमोसन) रविन्द्र मास्केलगायतको टिम गाईघाट पुगेर पुरस्कार वितरण गरेको हो ।

cura insider

लुइँटेलसँगै भर्खरै सम्पन्न ‘वाइवाइ मिस उदयपुर’ दोश्रो सिजनकी विजेता निस्मा राउतले विजेतालाई स्कुटरको चाबी हस्तान्तरण गरेकी थिइन् । लुइँटेलले विजेतालाई बधाई दिँदै यो उपहार मात्रै नभएर उपभोक्तालाई सहज जीवनयापन गर्नका लागि कम्पनीले यो एक किसिमको सहुलियत प्रदान गरेको पनि धारणा राखिएको थियो ।

यस्तै लुइँटेलले उपभोक्ताको अत्यधिक मागका कारण यो योजनाले अझै निरन्तरता पाउनेसमेत जानकारी गराए ।

उक्त कार्यक्रममा कम्पनीका प्रदेश १ सहायक प्रबन्धक (मार्केटिङ तथा ब्रान्ड प्रोमोसन) रविन्द्र मास्केले सिजि फुड्सद्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजनाअन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साइकल, साइकल, स्पिनिनर, लुडोलगायत हात खाली नजाने उपहार जित्न सकिने बताए ।

jackson ribon