birat ribon

तीन दिने कार्यशालामा चलचित्र पत्रकारहरुले के–के सिके ?

Neuro
तीन दिने कार्यशालामा चलचित्र पत्रकारहरुले के–के सिके ?

विराटनगर / चलचित्र पत्रकार सङ्घ, सुनसरीको आयोजनामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सम्पन्न भएको छ । वैशाख ६ गतेबाट सुरु भएको कार्यशाला वैशाख ८ गते सकिएको हो । प्रदेश १ मा छरिएर चलचित्र पत्रकारिता गर्दै आएका २० जना पत्रकार भेडेटारमा एकसाथ भेला भएका थिए । यो कार्यशाला प्रदेश १ मा पहिलोपटक गरिएको हो ।

कार्यशालामा विशेषगरी चलचित्र पत्रकारहरुलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको थियो । चलचित्र पत्रकार सङ्घ सुनसरीका अध्यक्ष विनोद विश्वाकर्माले कार्यशालामा चलचित्र पत्रकारहरूको उल्लेख्य र उल्लासमय उपस्थिति रहेको भन्दै खुसी व्यक्त गरे । उनले चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सङ्घले यस्ता कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्ने बताए ।

cura insider

कार्यशालामा पत्रकारहरूले पत्रकार आचारसंहिता, चलचित्र पत्रकारिता र यसको अवस्था, अन्तर्वार्ता र पापराजी, समाचार लेखन तथा समीक्षालगायतका विषयमा अध्ययन गरेका थिए ।

‘पत्रकार आचारसंहिता र पापराजी’ को विषयमा निर्देशक तथा पत्रकार भीषण राईले प्रशिक्षण दिएका थिए । ‘पत्रकारिताको इतिहास तथा चलचित्र पत्रकारिता हिजो र आज’को विषयमा चलचित्र पत्रकार सङ्घका महासचिव समीर बलामीले सुनाए । यस्तै ‘चलचित्र समीक्षा’को विषयमा निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले प्रशिक्षण दिएका थिए । त्यसो त पत्रकार भीषण राई, निर्देशक दीपेन्द्र लामा र चलचित्र पत्रकार सङ्घका महासचिव समीर बलामी कार्यशालामा सहजकर्ताका रुपमा उपस्थित भएका थिए । तर उनीहरूले कार्यशालाको अवधिभर प्रशिक्षकको भूमिका पनि निर्वाह गरे ।

तीन दिने कार्यशालाको समापन समारोहमा सहभागी चलचित्र पत्रकारहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । यस्तै समापन समारोहमा कार्यशालाका प्रमुख अतिथि तथा नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश एकका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र पत्रकारको विषयमा आफ्नो भनाइ राखेका थिए । कार्यशालामा सहभागी चलचित्र पत्रकारहरूले कार्यशाला निकै नै फलदायी भएको प्रतिक्रिया दिए ।

jackson ribon