birat ribon

आगलागीमा १० लाखको चिया नष्ट

Neuro
आगलागीमा १० लाखको चिया नष्ट

विराटनगर / इलामको सूर्योदय नगरपालिका–९ गैरीगाउँमा रहेको ग्रामीण चिया उद्योगमा आगलागी भएको छ ।

आज (बिहीबार) बिहान ५ः३० बजेतिर आगलागी हुँदा स्टोरमा रहेको ४५ बोरा चिया जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा १० लाख मूल्य बराबरको क्षति भएको छ ।

cura insider

उद्योगका कामदारहरुले फ्याक्ट्रीनजिकै चिया पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुन पुगेको प्रहरीको भनाइ छ । आगो आधा घण्टाभित्रै नियन्त्रणमा लिइएको भए पनि १० लाख मूल्य बराबरको चिया भने जलेर नष्ट भएको हो ।

jackson ribon