birat ribon

आज हावाहुरीसहित वर्षाको सम्भावना

Neuro
आज हावाहुरीसहित वर्षाको सम्भावना

विराटनगर / मुलुकका विभिन्न स्थानमा आज (बिहीबार) हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । प्रदेश १, २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

cura insider

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग रहावाहुरीसहित क्षणिक एवं हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ। देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

प्रदेश १ का विभिन्न स्थानमा आकाश धुम्मिएर कालोमैलो बनेको छ । बिहान ८ बजेसम्ममा आकाश पानी पर्नै लागेजस्तो देखिएको छ । तर वर्षा भइहालेको भने छैन । मौसममा अप्रत्यासित बद्ली भएका कारण वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

jackson ribon