birat ribon

कोरोना सङ्क्रमित दाङका पत्रकार अधिकारीको निधन

Neuro
कोरोना सङ्क्रमित दाङका पत्रकार अधिकारीको निधन

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित बनेका दाङका पत्रकार दामोदर अधिकारीको निधन भएको छ ।

घोराही उपमहानगरपालिका–१७ का ४० वर्षीय अधिकारीको मङ्गलबार राति मृत्यु भएको हो । उनको उपचारका क्रममा काठमाडौंमा निधन भएको बताइएको छ । गत चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा मतदान गरेका उनलाई चैत २६ गते कोरोना पुष्टि भएको थियो ।

cura insider

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरेर थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

उनी लामो समयदेखि दाङको गोरक्ष राष्ट्रिय दैनिकमा कार्यरत थिए । पछिल्लो समय व्यवसाय पनि गर्दै आएका अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।

jackson ribon