birat ribon

चार जनाको ज्यान जाने गरी पाकिस्तानमा विष्फोट, ११ जना घाइते

Neuro
चार जनाको ज्यान जाने गरी पाकिस्तानमा विष्फोट, ११ जना घाइते

विराटनगर / पाकिस्तानको एउटा होटलमा भएको शक्तिशाली विष्फोटमा परेर चार जनाको ज्यान गएको छ ।

क्वेटा शहरस्थित होटल सेरेनाको पार्किङ क्षेत्रमा भएको विष्फोटमा परेर कम्तिमा ११ जना घाइते भएका छन् । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित रहेको बीबीसीले जनाएको छ । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको दाबी गरे ।

cura insider

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विष्फोटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ । विष्फोटको जिम्मा तालिवानले लिएको छ । क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो । जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ ।

आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत लक्षित हुनसक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि क्वेटा शहरमा रहे पनि चिनियाँ राजदूत नोङ्ग रोङ्ग उक्त होटलमा भने नभएको बताइएको छ ।

jackson ribon