birat ribon

सर्वोच्चले भन्यो : ‘स्टिङ अप्रेसन’ अवैध

Neuro
सर्वोच्चले भन्यो : ‘स्टिङ अप्रेसन’ अवैध

विराटनगर / आफैैँ घुस दिएर कर्मचारी–बिचौलियालाई रङ्गेहात पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विवादित ‘स्टिङ अप्रेसन’लाई सर्वोच्च अदालतले पनि खारेज गरिदिएको छ ।

यस्तो अप्रेसन संविधान र कानुनविपरीत भएको सर्वोच्चको ठहर छ । सर्वोच्चले यसलाई अवैध मानेको हो । वर्षौदेखि आफूखुसी रुपमा अख्तियारले ‘स्टिङ अप्रेसन’का नाममा पूर्वाग्रह राखे कारबाही चलाउँदै आएको थियो ।

cura insider

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले बुधबार आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’ रोक्ने मागसहित दायर रिटमा यस्तो आदेश गरेको छ । ‘स्टिङ अप्रेसन’ संविधानप्रदत्त मौलिक हकसँग बाझिएको सर्वोच्चको ठहर छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon