birat ribon

देउवा उत्साहित बनेपछि सुरु भयो नयाँ सरकार निर्माणको गृहकार्य

Neuro
देउवा उत्साहित बनेपछि सुरु भयो नयाँ सरकार निर्माणको गृहकार्य

विराटनगर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार निर्माणका लागि वातावरण बन्दै गएको बताएका छन् ।

देउवा निवास बुढानीलकण्ठमा बुधबार बसेको कांग्रेसका वर्तमान तथा पूर्वपदाधिकारीको बैठकमा उनले नयाँ सरकार गठनको गृहकार्यत तीव्र बनेको पनि बताए । बैठकसँगै देउवा सरकार निर्माणमा उत्साहित बनेर लागेको स्रोतको भनाइ छ । देउवाले अन्योलता र आशङ्का हट्दै गएकाले केही दिनभित्र परिणाम आउने पनि बताएका छन् । देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।

cura insider

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको हो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ

jackson ribon