birat ribon

कृषिमा स्नातक स्तरको तालिम दिँदै सेना

Neuro
कृषिमा स्नातक स्तरको तालिम दिँदै सेना

विराटनगर / अवकाश हुन लागेका तथा अवकाश प्राप्त नेपाली सेनालाई कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने गरिएको छ ।

नेपाली सेनालेले उक्त तालिम व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत दिँदै आएको हो । अब सञ्चाल हुने तालिमका लागि भने त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भभ पौडेलले जानकारी दिए। सेनाले जागिरबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिने गरेको छ ।

cura insider

पहिलो चरणमा २४ जनाले बाली विज्ञान र १६ जनाले भेटेरिनरीतर्फको तालिम लिइसकेको र हाल ८० जनाले तालिम लिरहेको प्रवक्ता पौडेलले जानकारी दिए । ८० जनामध्ये ७६ जना बहालवाला र चार जना अवकाशप्राप्त सैनिक रहेको उनको भनाइ छ । लिम लिइसकेपछि रोजगारी गर्न चाहनेका लागि नेपाली सेनाले सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon