birat ribon

सिटीको जितमा फोडेन र रोड्रीको गोल

Neuro
सिटीको जितमा फोडेन र रोड्रीको गोल

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा भिल्लामाथि म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार राति सिटीले एस्टोन भिल्लामाथि २–१ गोलको जित दर्ता गरेको हो ।

भिल्लाको मैदानमा सिटीलाई जिताउन फिल फोडेन र रोड्रीले समान एक–एक गोल गरे । भिल्लाका जोन एमसीगिनले एक गोल गरे ।

cura insider

खेलको सुरुआती मिनेटमा नै एमसीगिनले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । २२आँै मिनेटमा फोडेनले गोल गर्दैै सिटीलाई बराबरीमा फर्काए ।

४०औँ मिनेटमा रोड्रीले गोल गरेपछि सिटी २–१ गोलले अगाडि बढ्यो । ४४औँ मिनेटमा जोन स्टोनले रातो कार्ड पाएपछि सिटी दस खेलाडीमा सीमित बनेको थियो ।

५७औँ मिनेटमा भिल्लाका माटी कासले रातो कार्ड पाएपछि घरेलु टोली पनि दस खेलाडीमा समेटियो । बाँकी समयमा दुवै टोलीले गोल गर्न सकेनन् । र, सिटी २–१ गोलले विजयी भयो ।

जितसँगै शीर्ष स्थानको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १० अङ्कको अग्रता बनाएको छ । ३३ खेल खेलको सिटीसँग ७७ अङ्क छ भने एक खेल कम खेलेको युनाइटेडसँग ६६ अङ्क छ ।

भिल्ला भने ४४ अङ्कका साथ ११औँ स्थानमा छ ।

jackson ribon