birat ribon

युभेन्टसको पुनरागमन जित

Neuro
युभेन्टसको पुनरागमन जित

विराटनगर / इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले पर्मामाथि ३–१ गोलको जित दर्ता गराएको छ । बुधबार राति युभेन्टसको मैदानमा घरेलु टोलीले पाहुना टोलीको अग्रता उल्टाउँदै कमब्याक जित निकालेको हो ।

युभेन्टसलाई जिताउन एलेक्स सान्द्रोले दुई गोल गर्दा माथिस डी लिग्टले एक गोल गरे । पर्माका लागि गास्तोन ब्रगम्यानले एक गोल गरे ।

cura insider

खेलमा पर्माले सुरुआती अग्रता बनाएको थियो । २५औँ मिनेटमा ब्रगम्यानले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए ।

४३औँ मिनेटमा सान्द्रोले गोल गर्द युभेन्टसलाई खेलमा फर्काए । ४७औँ मिनेटमा सान्द्रोले दोस्रो गोल गरेपछि युभेन्टसले खेलमा अग्रता बनायो ।

६८औँ मिनेटमा डी लिग्टले गोल गरेपछि युभेन्टस ३–१ गोलको जित निकाल्यो ।

जितसँगै तेस्रो स्थानको युभेन्टसले ३२ खेलमा ६५ अङ्क जोडेको छ । पर्मा भने २० अङ्कका साथ रेलिगेसन जोनमा छ ।

jackson ribon