birat ribon

फराकिलो जित निकाल्दै पिएसजी सेमिफाइनलमा

Neuro
फराकिलो जित निकाल्दै पिएसजी सेमिफाइनलमा

विराटनगर / पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा एन्जर्समाथि ५–० गोलको फराकिलो जित निकाल्दै पिएसजी अन्तिम चारमा पुगेको हो ।

पिएसजीको मैदानमा घरेलु टोलीलाई जिताउन माउरो इकार्डीले ह्याट्रिक गर्दा नेयमारले एक गोल गरे । एउटा आत्मघाती गोल पिएसजीले उपहारमा पाएको थियो ।

cura insider

खेलको नवौँ मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २३औँ मिनेटमा एन्जर्सका भिन्सजेन्ट मन्सेउले आत्मघाती गोल गरेपछि पिएसजीले आफ्नो अग्रता दोब्बर बनायो ।

६५औँ मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई ३–० गोलको अग्रता दिलाए । ६८औँ मिनेटमा र ९०औँ मिनेटमा इकार्डीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । र, टोलीलाई ५–० गोलको फराकिलो जित दिलाए ।

jackson ribon