birat ribon

नेपाली आकाशमा आज रातिबाट उल्का वर्षाको रमाइलो दृश्य हेर्न पाइने

Neuro
नेपाली आकाशमा आज रातिबाट उल्का वर्षाको रमाइलो दृश्य हेर्न पाइने

विराटनगर / नेपाली आकाशमा आज (बिहीबार) राति ११ बजेबाट उल्का वर्षाको रमाइलो दृश्य हेर्न पाइने भएको छ ।

मौसमले साथ दिएमा मात्रै यो दृष्य हेर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। धुम्मिएमा वा आकाशलाई बादलले ढाकेमा यो दृश्य हेर्न मिल्ने छैन । सोसाइटीका अनुसर वैशाख ३ गतेदेखि वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्रिय भएको थियो ।

cura insider

सक्रियताबीचमै आज राति ११ बजेबाट भोलि बिहान घाम झुल्किनुअघिसम्म रमाइलो दृश्यको अवलोकन गर्न सकिने भएको छ । यो सक्रिताको अवस्था वैशाख १७ गतेसम्म जारी रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। उनका अनुसार भोलि बिहान सूर्योदयसम्मको समयमा यो वर्षा उच्च देखिने छ ।

अत्यधिक सक्रियताका समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने उनको भनाइ छ । ‘थ्याचर’ नामक माछापुच्छ्रे ताराले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भइ जलेर नष्ट हुँदा उल्का वर्षा हुने गरेको भट्टराईको भनाइ छ । उनका अनुसार ‘थ्याचर’ माछापुच्छ्रे ताराले सूर्यको एक परिक्रमा गर्न चार सय १५ वर्ष लगाउँछ।

माछापुच्छ्रे तारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छाड्ने गर्छन्। लाखौँ किलोमिटरसम्म फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा धुलाका कण पृथ्वीको वायुमण्डलमा ठोकिएपछि उल्का देखिन्छ। १० वा सोभन्दा बढी यस्तो दृष्य देखिएमा उल्का वर्षा भन्ने गरिन्छ।

jackson ribon