birat ribon

सेभिल्लाले बार्सिलोनालाई उछिन्यो

Neuro
सेभिल्लाले बार्सिलोनालाई उछिन्यो

विराटनगर / स्पेनिस ला लिगामा सेभिल्लाले लेभान्टेमाथि १–० गोलको जित निकालेको छ । बुधबार राति भएको खेलमा सेभिल्लाले लेभान्टेलाई उसैको मैदानमा हराउँदा युसेफ एन–नेसरीले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औँ मिनेटमा एन–नेसरीले गोल गर्दै सेभिल्लालाई जिताए ।

cura insider

जितसँगै सेभिल्ला बार्सिलोनालाई उछिन्दै शीर्ष तीनमा उक्लिएको छ । उसले ३२ खेलमा ६७ अङ्क बनाएको छ । ३० खेल खेलेको बार्सिलोना भने ६५ अङ्कका साथ चौथो स्थानमा झरेको छ ।

लेभान्टे भने ३८ अङ्कसहित औँ स्थानमा छ ।

jackson ribon