birat ribon

रियल ला लिगाको शीर्ष स्थानमा

Neuro
रियल ला लिगाको शीर्ष स्थानमा

विराटनगर / साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधाबार राति भएको खेलमा काडिमाथि ३–० गोलको सहज जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

काडिजको मैदानमा रियलको जितमा करिम बेन्जेमाले दुई गोल गर्दा अल्भारो ओड्रिजोलाले एक गोल गोल गरे । खेलको ३०औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै बेन्जेमाले रियललाई सुरुआती अग्रता दिलाए ।

cura insider

त्यसको तीन मिनेट नबित्दै ओड्रिजोलाले रियलको अग्रता दोब्बर बनाए । बेन्जेमाले ४०औँ मिनेटमा दोस्रो गोल गरेपछि रियलले पहिलो हाफभरि ३–० गोलको अग्रता बनायो । र, बाँकी समय गोल नहुँदा रियलले सहज जित निकालेको हो ।

जितसँगै रियलले ३२ खेलमा ७० अङ्क बटुल्दै शीर्ष स्थानमा कब्जा गरेको हो । समान ७० अङ्क भएको एथ्लेटिको गोलान्तरको आधारमा पछि परेको छ । ३१ खेलेको ऊ दोस्रो स्थानमा छ । काडिज भने ३६ अङ्कका साथ १३औँ स्थानमा छ ।

jackson ribon