birat ribon

भारतमा एकै दिन तीन लाख १५ हजारभन्दा बढीलाई कोरोना सङ्क्रमण

Neuro
भारतमा एकै दिन तीन लाख १५ हजारभन्दा बढीलाई कोरोना सङ्क्रमण

विराटनगर / छिमेकी मुलुक भारतमा एकै दिन तीन लाख १५ हजारभन्दा बढीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा २४ घण्टाभित्र कोरोना पुष्टि भएको सङ्ख्या अहिलेसम्मकै उच्च हो । अन्य मुलुकमा भेटिएका नयाँ बिरामीको सङ्ख्याभन्दा अत्याधिक धेरै हो । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित बढिरहेका छन् । एकै दिन तीन लाख १५ हजार सात सय २८ नयाँ बिरामी थपिएपछि भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड ५९ लाख २५ हजार सात सय ३२ पुगेको छ ।

cura insider

सङ्क्रमितमध्ये एक करोड ३४ लाख ४९ हजार तीन सय ७१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । २२ लाख ९० हजार छ सय ८९ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टाभित्र दुई हजार एक सय दुई जना सङ्क्रमितको मृत्यु भयो । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोनाका कारण एक लाख ८४ हजार छ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ६३ हजार एक सय ६० जनामा सङ्क्रमण पुष्टि भयो । सङ्क्रमित सङ्ख्या तीन करोड २६ लाख एक सय ५४ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५१ लाख ७१ हजार दुई सय ४१ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ४५ हजार छ सय २५ जनाको उपचार भइरहेकोमा १० हजार ११ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा आठ सय ३४ सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म पाँच लाख ८३ हजार दुई सय ८८ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन ७१ हजार नौ सय १० जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४१ लाख २२ हजार सात सय ९५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २६ लाख ४६ हजार एक सय ३२ जना उपचारपछि निको भएका छन् ।

१० लाख ९४ हजार नौ सय ७६ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा तीन हजार एक सय ५७ जनाले ज्यान गुमाए । एकै दिन ज्यान गुमाएको सङ्ख्या अन्य मुलुकको भन्दा धेरै हो । ब्राजिलमा अहिलेसम्म तीन लाख ८१ हजार छ सय ८७ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

विश्वमा एकै दिन आठ लाख ६३ हजार २३ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या १४ करोड ४४ लाख सात हजार एक सय २८ पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड २८ लाख ६७ हजार सात सय १२ जना उपचारपछि निको भएका छन् ।

एक करोड ८४ लाख ६८ हजार नौ सय १४ जना उपचाररत रहेकोमा एक लाख नौ हजार छ सय ६१ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्र विश्वमा १३ हजार पाँच सय ५२ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख ७० हजार पाँच सय दुई पुगेको छ ।

jackson ribon