birat ribon

कीर्तिमानी खेलमा मासोनको सुखद सुरुआत : टोटनह्यामको जित

Neuro
कीर्तिमानी खेलमा मासोनको सुखद सुरुआत : टोटनह्यामको जित

विराटनगर / नवनियुक्त प्रशिक्षक रियान मासोनको कीर्तिमानी खेलमा टोटनह्याम हटस्परले जित निकालेको छ । बुधबार राति भएको खेलमा टोटनह्यामले साउथह्याम्टनमाथि २–१ गोलको जित निकालेको हो ।

यस खेलसँगै मासोन प्रिमियर लिगको इतिहासमा सर्वाधिक कान्छा प्रशिक्षक बने । उनले २९ वर्ष तीन सय २८ दिनमा आफ्नो नेतृत्वमा क्लबलाई प्रिमियर लिग खेलाए । यता, विश्व फुटबलमा भने उनी दोस्रा भए । यसअघि सन् १९४६–४७ को सिजनमा फ्रान्क सिब्ली सबैभन्दा कम उमेरका प्रशिक्षक थिए ।

cura insider

गए राति टोटनह्यामको मैदानमा घरेलु टोलीलाई जिताउन ग्यारेथ बेल र सन हिउङ मिनले समान एक–एक गोल गरे । साउथह्याम्टनका डेनी इन्ग्सले एक गोल गरे ।

खेलमा साउथह्याम्टनले सुरुआती अग्रता दिलाएको थियो । ६०औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए ।

९०औँ मिनेटमाल पेनाल्टीमा गोल गरेपछि टोटनह्याम २–१ गोलले विजयी भयो ।

जितसँगै टोटनह्याम साविक विजेता लिभरपुललाई उछिन्दै छैटौँ स्थानमा उक्लिएको छ । उसले ३२ खेलमा ५३ अङ्क बनाएको छ । समान अङ्क भएको लिभरपुल गोलान्तरको आधारमा पछि रहेको छ ।

साउथह्याम्टन भने ३६ अङ्कसहित १४औँ स्थानमा छ ।

jackson ribon